काठमाडौं। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटर तयार पारेको नयाँ नक्साको निशान छाप संविधानको अनुसूचिमा राख्ने सम्बन्धि संशोधन प्रस्ताव राजपत्रमा प्रकाशित भएको छ । ।
नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशान छाप बदल्नको लागि सरकारले संविधान संशोधन गर्न लागेको छ ।
संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्ने व्यवस्था अनुसार आइतबार नै राजपत्रमा प्रकाशन भएको हो ।
संविधानको अनुसूची ३ को निशान छाप संशोधनका लागि सरकारले आइतबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको थियो । संविधान सशोधनका लागी दुई तिहाइ मत आबश्यक पर्ने हुँदा सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको थियो ।
Leave a Reply