Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • हत्याका नाइकेलाई जाेगाउन खाेजेकाे भन्दै जनार्दनविरुद्ध जाजरकोटमा प्रदर्शन

    हत्याका नाइकेलाई जाेगाउन खाेजेकाे भन्दै जनार्दनविरुद्ध जाजरकोटमा प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 5.8K
    SHARES

    काठमाडौं । जेठ १० गते रुकुमको सोती घटनामा मारिएका नवराज विक सहितका मृतकका परिवारको न्याय माग गर्दै जाजरकोटमा पुर्वगृहमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन भएको छ ।

    उक्त घटनाको निष्पक्ष छानबिनको माग गदै जाजरकोटका युवाले आइतवार सदरमुकाममा प्रर्दशन गरेका हुन्।



    प्रदर्शनकारीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पुर्वगृहमन्त्री जनार्दन शर्माको पुत्ला समेत जलाए ।



    प्रदर्शनका क्रममा उनीहरुले हत्यारालाई कारवाही गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड गर्न खोज्ने जनार्दन मुर्दावाद, मृतकलाई सहिद घोषणा गरलगायतका नारा लगाएका थिए ।

    नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा स्थानीय युवा युवतीले साथ दिएका थिए। लकडाउन भइरहेको बेलामा समेत लकडाउनको प्रवाह नगरी उनीहरु न्यायको लागि प्रर्दशनमा उत्रिएको बताएका छन्।

    घटनालाई राजनीतिक पहुँचका आधारमा पुर्वगृहमन्त्री तथा पश्चिम रुकुमका सांसद शर्माले घटनामा संलग्नलाई जोगाउन खोजेको नेविसंघका जिल्ला अध्यक्ष ललित बस्नेतले आरोप लगाएका छन् ।

    पुर्वमन्त्री शर्माका भाइ अनिल शर्मा र कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माका भाइ चौरजहारी नगरपालिका मेयर विशाल शर्मा दुवैको ससुराली सोती गाउँका मल्ल परिवार हुन्।

    घटनामा उनीकै संलग्नताको आरोप लागिरहेको छ। उनीलाई जोगाउन नेता शर्मा नै लागेको भन्दै नेविसंघको नेतृत्वमा मृतकका परिवार तथा स्थानीयबासीहरु आन्दोलमा उत्रिएका हुन् ।

    घटनामा नवराजसहित पाँच जनाको ज्यान गएको छ। भेरी नगरपालिका ११ का गोविन्द्र शाही अझै हराइरहेका छन्।

    लकडाउनका बेला मल्ल थरकी आफ्नी प्रेमिकालाई लिन नवराज विकसहित १८ जना सोति पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार