काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गर्दै बुधबार साँझ पुत्ला दहन गर्ने भएको छ ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अखिल क्रान्तिकारी आन्दोलित बनेको हो।
क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध आज साँझ ५ गते देशव्यापी पुत्ला दहन कार्यक्रम सम्पन्न गर्ने तय भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।
त्यसका लागि क्रान्तिकारीले सम्पूर्ण प्रदेश समिति , विश्वविद्यालय राष्ट्रिय समिति , जिल्ला समिति ,क्याम्पस समितिहरुलाई विशेष निर्देशन दिएको छ।
Leave a Reply