Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • होटलबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

    होटलबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    फाइल तस्विर

    झापा । झापामा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्दका २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समीर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जुङ, १८ वर्षीय दीपेन नेम्वाङ, अर्जुनधारा–६ का १८ वर्षीय रोशन गुरुङ र इलाम तेनपा–२ का २० वर्षीय सन्तोष तामाङ रहेका छन्।



    इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द्रप्रसाद रिजालले अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क छेउको एक होटलबाट प्रहरीले बुधबार ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको जानकारी दिए ।



    उनका अनुसार विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा जाँच गर्ने क्रममा उनीहरुको साथबाट ३९.२९ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रहरीले उनीहरुको साथबाट ६ थान मोबाइल र रू ५५ हजार नगद बरामद गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार