Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धन बैठक जारी

    सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धन बैठक जारी

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 792
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषय टुंग्याउन बालुवाटारमा बैठक जारी छ ।

    अपराह्न ४ बजेदेखि बसेको बैठकमा दलहरुले सिट बाँडफाँट टुंगो लगाउने कसरत गरिरहेका छन् ।



    आजको बैठकमा बाँडफाँट मिलाइने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका थिए ।



    ११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी रहेका छन् ।

    निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै दलहरूको ध्यान प्रत्यक्षतर्फका उम्मेदवार छान्नतिर गएको हो ।

    ५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार