Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • सहमति नजुट्दा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न सकेन : कानुनमन्त्री कोइराला

    सहमति नजुट्दा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न सकेन : कानुनमन्त्री कोइराला

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 756
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको बताएका छन् ।

    मंगलबार एड्भोकेशी फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले यस्तो बताएका हुन् ।



    उनले संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको समेत बताए ।



    उनले निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई अहिलको स्वरुपमा अघि बढाउनेमा आफू ढुक्क रहेको धारणा राखे।

    संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणमा केहि ढिलाइ मात्र भएकाले निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार