Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • जलविद्युत् क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

    जलविद्युत् क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 783
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत्, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्।

    मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन्।



    प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि पनि इन्डोनेशियाको सरकारलाई आग्रह गरेका छन्।



    उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि आफू सकारात्मक रहेको बताउँदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशिया सरकारसँग पुर्‍याउने बताए।

    भेटमा नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल, दूतावास तथा वाणिज्य दूतको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार