Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सुरु

    नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 768
    SHARES

    काठमाडौं । चिकित्सहरुको छाता संस्था नेपाल चिकित्सक सङ्घकोे दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) आज (मङ्गलवार) बाट सुरु भएको छ ।

    मङ्गलवार र बुधवार दुई दिन चल्ने उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।



    सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुने सङ्घले जनाएको छ ।



    सङ्घका अध्यक्ष डा. लोचन कार्कीका अनुसार यो पटक सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर, चिकित्सा शिक्षामा चुनौती र अवसर सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर खोप औषधि र उपकरणहरूको उचित भण्डारण, ढुवानी र वितरण नेपालमा मेडिकल टुरिजम र चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा विषयमा छलफल हुनेछ ।

    सङ्घको जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रूपमा मनाउने सङ्घको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार