Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सेती प्रादेशिक अस्पताल भन्यो – डा. केसीमा कडा खालको अल्सरको लक्षण देखियो

    सेती प्रादेशिक अस्पताल भन्यो – डा. केसीमा कडा खालको अल्सरको लक्षण देखियो

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 912
    SHARES

    फाइल तस्विर

    कैलाली । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै धनगढीमा अनसन बसिरहेका डा.गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ ।

    पोषण तत्व र पानीको मात्रा कम भएर केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको सेती प्रादेशिक अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।



    अस्पतालले केसीको स्वास्थ्यबारे राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम, प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली र संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ ।



    अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको छ ।

    हेर्नुहोस् अस्पतालको विज्ञप्ति

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार