Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रिय खेलकुद ट्रफी बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन

    राष्ट्रिय खेलकुद ट्रफी बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 807
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुदको नवौं संस्करणमा आइपुग्दा पहिलो पटक टिम च्याम्पियनलाई प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको राष्ट्रिय खेलकुद ट्रफी लुम्बिनीको बुद्ध जन्मभूमिमा प्रदर्शन गरिएको छ।

    राष्ट्रिय खेलकुदमा सहभागि ७ प्रदेश, ३ विभागीय टोली र एनआरएनएमा प्रदर्शन गर्ने उद्देश्यका साथ १ असोजदेखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने क्रममा सोमबार लुम्बिनी प्रदेशको बुटवलका साथै बुद्ध जन्मभूमी लुम्बिनीमा प्रदर्शन गरिएको हो ।



    लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री माननिय बसिउद्दिन खानको अध्यक्षतामा भएको प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कुलबहादुर केसी, बिशिष्ट अतिथि वन तथा वातावरण मन्त्री एवं ओलम्पियन सुरेन्द्र हमाल, सदस्य सचिव जय प्रकाश भट्टराई, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र प्रदेशसभा सदस्य भुवनेश्वर थारुको उपस्थिती रहेको थियो ।



    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८ असोजमा पोखरा रंगशालामामा उद्घाटन गरिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार