Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • फ्रान्स र युएईबाट आएका व्यक्ति टेकु अस्पताल भर्ना

    फ्रान्स र युएईबाट आएका व्यक्ति टेकु अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 3K
    SHARES

    काठमाडौं । फ्रान्स र युएईबाट आएका दुई जना व्यक्ति टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार उनीलाई भर्ना गरिएकाे हाे।

    ती व्यक्तिमा ज्वरो आएपछि त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पठाएको हो । उनीहरुलाई आइसोलेसन वार्डमा भर्ना गरिएको र नमुना परीक्षणका लागि पठाइएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।



    यसअघि मंगलबार अस्पतालमा ४ जना आइसोलेसन वार्डमा राखिएको थियो । उनीहरुको स्वास्थ्य जाँचको नतिजा आइसकेको छैन । मंगलबार र बुधबार भर्ना भएका बिरामीको स्वास्थ्य परीक्षणको नतिजा बिहीबार आउनेछ ।



    हालः विश्वभर ३९ हजार ६ सय ६६ जना कोरोना भाइरसका संक्रमित विश्वका विभिन्न अस्पतालमा उपचारत छन्। यीमध्ये ३२ हजार ५ सय ७२ जनाको अवस्था सामन्य छ भने ७ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ। हालसम्म विश्का ७६ देश तथा भूभागमा कोरोना भाइरसका बिरामी भेटिएका छन्।

    सन् २०१९ डिसेम्बरको अन्तिम साता कोरोना भाइरस पहिलो पटक चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो । त्यसपछि यो भाइरस विश्वभर फैलने क्रममा रहेको छ।

    कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

    विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार