Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारले खोस्यो चोलेन्द्र शमशेरको ‘पीएसओ’ र सरकारी गाडी

    सरकारले खोस्यो चोलेन्द्र शमशेरको ‘पीएसओ’ र सरकारी गाडी

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 951
    SHARES

    काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत र सरकारी कार फिर्ता ल्याएको छ ।

    प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो । गृह मन्त्रालयको निर्देशनमा स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको छ ।



    औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको छ । पछुवाका रुपमा प्रयोग हुने जीप पनि प्रधान कार्यालयमा फिर्ता गराइएको छ ।



    संसदको अन्तिम अधिवेशन सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत जाने प्रयास गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार