Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • क्वारेन्टाइनमा बालकको मुत्यु, क्वारेन्टाइनमै झुण्डिएर आत्महत्या

    क्वारेन्टाइनमा बालकको मुत्यु, क्वारेन्टाइनमै झुण्डिएर आत्महत्या

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पस क्याम्पसमा रहेको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मुत्यु भएको छ ।

    कैलालीको गौरी फन्टा नाकाबाट उद्धार गरी शनिबार राति १२ बजेतिर डडेल्धुरा बहुमुखी क्याम्पसको ल्याइएका बालकलाई शारीरिक समस्या देखिएपछि विहान ३ बजे उनीलाई डडेल्धुरा अस्पताल लगिएको थियो । अस्पताल पु-याएपछि उनको मृत्यु भएको हो ।



    आमा बुवासँगै भारतको मम्बैबााट आएका ति बालकको भारतमा पनि मलेरिया रोगको उपचार गराइरहेको ती बालकका अभिभावकले बताएका छन् । उनको कोरोना रोग परिक्षणका लागी थ्रोट स्वब संकलन गरिएको छ ।



    यता, क्वारेन्टाइनमा बसेका गुल्मीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन् । उनी भारतबाट शनिवार बिहान मात्र आइपुगेर क्वारेन्टाइनमा बसेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार