Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जाँदै

    राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जाँदै

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 765
    SHARES

    काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाने भएका छन् ।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् ।



    उनले महासभालाई सम्बोधन गर्ने भएका छन् । साथै न्यूयोर्क बसाईका क्रममा उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    कार्यक्रममा परराष्ट्र सचिव पाैड्यालले राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय बैठकहरू गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार