Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • सर्वोच्च प्रशासनलाई प्रधानन्यायाधीश जबराको फोन – म आउँदैछु, आवश्यक प्रबन्ध गर्नू

    सर्वोच्च प्रशासनलाई प्रधानन्यायाधीश जबराको फोन – म आउँदैछु, आवश्यक प्रबन्ध गर्नू

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 921
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज सर्वोच्च अदालतमा हाजिर हुने भएका छन्। जबराले आफू सर्वोच्च अदालत फर्किने भएकोले आवश्यक तयारी गर्न प्रशासनलाई निर्देशन दिएका हुन्।

    जबराले शनिबार साँझ आफू आइतबार बिहान कार्यालय आउने खबर गर्दै सर्वोच्च प्रशासनलाई तयारीका लागि प्रबन्ध मिलाउन फोन गरेको सर्वोच्च प्रशासन स्रोतले जनाएको छ ।



    जबरा सर्वोच्च फर्किने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वोच्च अदालत वरपर बाक्लो रुपमा प्रहरी उपस्थित गराइएको छ। गत फागुन १ गते सत्ता गठबन्धनका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग दर्ता गरेका थिए।



    त्यससँगै उनी निलम्बनमा परेका थिए। प्रतिनिधिसभाको कार्यकाल शनिबार रातिदेखि सकिएको छ। कार्यकाल सकिएकोले संसद्‌मा पुगेका सबै प्रस्ताव निष्क्रिय हुने व्यवस्था बमोजिम महाभियोग पनि निष्क्रिय हुने जबरा पक्षधरले बताउदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार