Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बलात्कारको आरोपमा नेपाल प्रहरीका पूर्वडिएसपी पक्राउ

    बलात्कारको आरोपमा नेपाल प्रहरीका पूर्वडिएसपी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । बलात्कारको आरोपामा नेपाल प्रहरीका पूर्वडिएसपी राजकुमार खिउजु पक्राउ परेका छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    एक जना २१ बर्षीय युवतीलाई बलात्कार गरेको अभियोग लागेपछि जागिरबाट राजीनामा दिएर फरार भएका पूर्वडिएसप खिउजुविरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेपछि उनी पक्राउ परेका हुन्।



    युवतीले महानगरीय प्रहरी परिसर ललितपुरमा पुगेर किटानी जाहेरी दिएकी थिएन् । लगत्तै पक्राउ पुर्जीका लागि अनुमति माग्दै प्रहरी अदालत पुगेको थियो ।



    पीडितको जाहेरीपछि पूर्वडिएसपी खिउजुलाई पक्राउ गरेर अनुसन्धान गर्न आवश्यक रहेको भन्दै ललितपुर प्रहरीले पक्राउ पुर्जी जारी गर्न अदालतसँग अनुमति मागेपछि अदालतले अनुमति दिएको हो ।

    महानगरीय प्रहरी वृतत्त, चापागाउँका प्रमुख रहेका बेला पूर्वडीएसपी खिउजुले एक युवतीलाई डर, धाकधम्की दिँदै बलात्कार गरेको आरोप छ ।

    ती युवतीले प्रहरीलाई दिएको प्रारम्भिक जानकारीमा आफूलाई कसैले केही गर्न नसक्दै भन्दै डीएसपी खिउजुले पटकपटक जवर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । खिउजुले युवतीलाई कार्यकक्षमै पहिलोपटक बलत्कार गरेको युवतीको दाबी छ। त्यसपछि पटकपटक बलात्कार गरेको बताइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार