Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमालेले समानुपातिक उम्मेदवार आइतबार टुंग्याउने, बाढीपहिरो पीडितको उद्धार गर्न माग

    एमालेले समानुपातिक उम्मेदवार आइतबार टुंग्याउने, बाढीपहिरो पीडितको उद्धार गर्न माग

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 915
    SHARES

    काठमाडौं । नेकपा एमालेले आसन्न निर्वाचनको समानुपातिक उमेदवारको बन्दसूची आइतबार टुंगो लगाउने भएको छ ।

    प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरु तय गर्न शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले बन्दसूची आइतबार टुंगो लगाउने निर्णय गरेको हो ।



    आजको बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक संख्या र सिफारिस गर्नुपर्ने संख्याका बारेमा जानकारी गराएका थिए ।



    प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभाका २२० सदस्यको क्लस्टरअनुसार संख्याका बारेमा जानकारी गराइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार उमेदवारको सूचीबारे छलफल गर्न आइतबार बिहान ११ बजे पुनः बैठक बस्नेछ ।

    अछाममा बाढीपहिरोका कारण प्रभावित भएकाको यथाशीघ्र उद्धार, राहत र पुनःस्थापना गर्न शनिबारको बैठकबाट माग गरिएको उनले बताए । दार्चुलालगायत देशका विभिन्न स्थानमा भारी वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै एमालेले जनताको मर्कामा साथ दिन सरकारसँग आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार