काठमाडौं ।नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक सुरु भएको हो ।
बैठकबाट आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक उमेदवारको बन्दसूची टुंगो लगाइने छ ।
एमालेले तत्ला कमिटीबाट आएका सिफारिसका आधारमा समानुपातिक सांसदको सूची टुंग्याउनेछ ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची पेस गर्न निर्वाचन आयोगले असोज २ र ३ गतेको समय निर्धारण गरेको छ।
Leave a Reply