काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसद्मा केही काम गर्न नसक्ने बताएका हुन् ।
उनले स्वतन्त्र उम्मेदवारले संसद्मा बोलेर अलिकति चेतना जगाउन सके पनि आमरुपमा कुनै परिवर्तन ल्याउन नसक्ने जिकिर गरे ।
आफू राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानुनको सीमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने उनको भनाई छ । कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरु कम हुने उनले बताए ।
Leave a Reply