Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • स्वास्थ्य अवस्था जटिल

    डा. केसीसँग वार्ता गर्न सरकारद्वारा टोली गठन, अनशन तोड्न आग्रह

    डा. केसीसँग वार्ता गर्न सरकारद्वारा टोली गठन, अनशन तोड्न आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 906
    SHARES

    काठमाडौं । धनगढीमा पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।

    स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डा. केसीसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।



    प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको जनाएको छ ।



    डा. केसीको तर्फबाट वार्ता टोलीको संयोजकमा डा. जीवन क्षेत्री रहेका छन् । ओमप्रकाश अर्याल, डा. लिजन महर्जन, प्रितम सुवेदी सदस्य छन् । वार्ता टोली गठनसँगै सरकारले डा‍. केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

    यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर धनगढीमा पाँचदिनदेखि अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । यस्तै राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले डाक्टर गोविन्द केसीका मागबारे सरकार गम्भीर हुनुपर्ने बताएको छ ।

    कार्यालयबाट पुगेको टोलीले शुक्रबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका डाक्टर केसीलाई भेट गर्दै जायज माग पुरा गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने प्रतिक्रिया दिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार