Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लकडाउनमा पनि विकास निर्माणका काममा ब्यस्त सांसद पहारी

    लकडाउनमा पनि विकास निर्माणका काममा ब्यस्त सांसद पहारी

    राजु गिरी
  • शनिबार, १७ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    पोखरा । राज्यमा लकडाउन भएपनि सरकारले विकास निर्माणको कामलाई अगाडि बढाईरहेको छ ।  लकडाउनको शुरुवाती अवस्थामा निर्माणको काम ठप्प भएपनि अहिले केही अगाडि बढेको छ ।

    लकडाउनकाबीच पनि कास्की ३(ख) बाट निर्वाचित गण्डकी प्रदेशका सांसद राजिव पहारी विकास निर्माणको काममा व्यस्त छन् ।



    लकडाउन भएपनि विकास निर्माणलाई रोक्न नहुने बताउने उनी निर्माण भैरहेको ठाउँमा अनुगमनका लागि पुगेकै हुन्छन् । अहिले उनको यो दैनिकी नै बनेको छ ।
    शनिबार पनि पोखरा ६ लेकसाइडको खहरे चोकदेखि पधेरा चोकसम्म सम्पन्नको अन्तिम चरणमा पुगेको ढलान बाटोलाई अनुगमन गरेका छन् । उक्त बाटो ६ मिटर चौडाई र करिब १ किलोमिटर लम्बाईको छ ।



    वैकल्पिक बाटोको रुपमा प्रयोग हुने सो बाटोको ढलान निकट भविष्यमा बुलौदीसम्म पुराउने योजना रहेको सांसद् पहारीले बताएका छन् । वस्ती बाक्लिदै गएकाले बाटो ढलान गर्न आवश्यक देखिएको उनको भनाई छ । उक्त ढलान सांसद विकास कोष र प्रदेश सरकारबाट रकम बाट निर्माण भएको हो ।

    प्रदेश ३ (ख)मा विकास निर्माण कार्य धमाधम भैरहेको उनले दावी गरे । उनले भने– ‘विकास निर्माणका कामहरु धमाधम भैरहेको छ । गुणस्तरिय तरिकाले काम भएको छ छैन भनेर दिनहुँ कुनै न कुनै ठाउँमा अनुगमन गरिरहेको छु । वहुवर्षिय योजनाबाहेक सबै निर्माणका काम यो असारमै सकिनेछ ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार