Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रहरीको दशैं सुरक्षा योजना : लुटेराको खुट्टामा गोली हान्ने अनुमति

    प्रहरीको दशैं सुरक्षा योजना : लुटेराको खुट्टामा गोली हान्ने अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 984
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले दशैं र तिहार लगायत चाडपर्व केन्द्रीत सुरक्षा योजना लागू गरेको छ । चोरी, लुटपाट, जुवा, झै–झगडा र सवारी टिकटमा हुनसक्ने कृतिम अभाव नियन्त्रण गर्न विशेष योजना लागू गरिएको हो ।

    लुटपाट नियन्त्रणमा खटिएका प्रहरीले लुटेराको खुट्टामा गोली हान्ने सम्मको अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    चाडपर्वको सुरक्षामा एक सिफ्टमा १५ सय प्रहरी परिचालन गर्नेगरी ललितपुर प्रहरीले सुरक्षा योजना बनाएको छ ।



    बैंक तथा वित्तिय संस्था, किनमेल गर्ने ठाउँ, सुनचाँदी पसल र मानिस जमघट हुने ठाउँमा लुटपाट नियन्त्रण गर्न प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले कालोबजारी सिर्जना गर्न सक्ने व्यापारिक घरानामाथि पनि निगरानी बढाएको छ ।

    लगनखेल, सातदोबाटो, मंगलबजार, सानेपा र बालकुमारी लगायतका ठाउँमा प्रहरीले निगरानी शुरु गरेको हो । सादा पोसाकमा खटिएका प्रहरीले लुटपाट गर्ने समूहबारे निगरानी गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार