काठमाडौं । मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी छ । शुक्रबार विहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने बताइएको छ ।
प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी छ । समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको हो ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको कार्यक्रम आइतबारदेखि सुरु हुँदै छ । आइतबार र सोमबार राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने कार्यक्रम तय गरिएको छ ।
Leave a Reply