Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कांग्रेसका सबै सभा,सम्मेलन तथा भेला स्थगित

    कांग्रेसका सबै सभा,सम्मेलन तथा भेला स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडाैँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले पार्टीको सबै भेला, सम्मेलन र सभाहरु स्थगित गरेको छ । तर क्रियाशील सदस्यता वितरण तथा नविकरण लगायतका १४औं महाधिवेशनको तयारी कामहरु भने जारी रहने उसले बताएको छ ।

    कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ भने सभा, सम्मेलनलगायतका कार्यक्रम स्थगित गर्न सबैलाई आग्रह गरेको छ । कोरोनाको जोखिम सामना गर्ने साझा अभियानमा सरकारलाई साथ दिने कांग्रेसले बताएको छ ।



    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी पार्टी र भ्रातृ संघसंस्थाको सबै तहका ठूलो भेला, सम्मेलन र सभालगायतका कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।



    कोरोना संक्रमणबारे सतर्कता र चेतना अभियान चलाइने समेत कांग्रेसले बताएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार