Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बेलायत पठाइदिन्छु भन्दै साढे १३ लाख ठगी गर्ने एकजना पक्राउ

    बेलायत पठाइदिन्छु भन्दै साढे १३ लाख ठगी गर्ने एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 876
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बेलायत पठाइदिन्छु भन्दै झन्डै साढे १३ रूपैयाँ ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बेलायत पठाइदिन्छु भनी ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार पक्राउ गरेको हो।



    पक्राउ कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’ मा बेलायत लगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद १३ लाख ४६ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।



    प्रहरीले खोजी गर्ने क्रममा बिहीबार उनी काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ परेका हुन्। पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार