Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • प्रमुख आयुक्त थपलियाको चेतावनी – उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष सम्म कालो सूचीमा राख्छौँ

    प्रमुख आयुक्त थपलियाको चेतावनी – उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष सम्म कालो सूचीमा राख्छौँ

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष सम्म कालो सूचीमा राख्ने चेतावनी दिएका छन् ।

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त थपलियाले यस्तो बताएका हुन् ।



    उनले निर्वाचनमा भाग लिने उमेदवारले एक महिनाभित्र खर्च सार्वजनीक नगरे ६ वर्ष कालो सूचीमा राख्ने र कालो सूचीमा परेका उम्मेदवारले ६ वर्ष फेरि उम्मेदवार बन्न नपाउने बताए ।



    उम्मेदवारले आयोगले तोकेको रकमले पुग्दैन भन्नु मतदाताको अपमान भएको प्रमुख आयुक्त थपलियाले बताएका हुन् । दलका उमेदवारले सामाजिक सञ्जालमा कति खर्च गरे त्यो हेर्न मिल्ने प्रविधि बनाइएको भन्दै उनले पर्यवेक्षकले लाइक कमेन्ट गरेको पनि आयोगले निगरानी राख्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार