Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई दैनिक १२ सय भत्ता दिने निर्णय

    निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई दैनिक १२ सय भत्ता दिने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनको सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ ।

    अर्थमन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको हो ।



    आफु कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको छ ।



    आफु कार्यरत जिल्ला बाहिर खटिँदा १४ दिनको दैनिक भ्रमण भत्ता लिने सुरक्षाकर्मीले रासन बापतको रकम भने पाउँदैनन् ।

    म्यादी प्रहरी र निर्वाचन खटिने सकल दर्जाले ४ दिन खाजा खर्च पाउँछन् । ४ दिनका लागि दैनिक ३ सयको दरले खाजा खर्च दिन अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार