Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • देशभर १ लाख ७३ हजार बढीमा कोरोना परीक्षण

    देशभर १ लाख ७३ हजार बढीमा कोरोना परीक्षण

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब पाँच महिनाको अवधिमा १ लाख ७३ हजार ७ सय ८४ जनाको कोरोना परीक्षण गरेको छ।

    जसमध्ये ६६ हजार ७ सय २९ जनाको पिसिआर र १ लाख ७ हजार ५५ जनाको आरडिटिबाट परीक्षण गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।



    गएको २४ घण्टामा मात्र २ हजार ५ सय ७५ जनाको पिसिआरबाट कोरोना परीक्षण भएको छ।



    शनिबार १ सय ८९ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ हजार २ सय २८ पुरुष र १ सय १३ जना महिला छन्।

    हालसम्म १ सय ७२ जना डिस्जार्च भएका छन् भने ६ जनाको मृत्यु भएको छ। मुलुकभर हाल १ हजार १ सय ७६ जना अस्पतालको आईसोलेसनमा वार्डमा रहेको मन्त्रालयले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार