काठमाडौं । योगी तथा ईशा फाउण्डेशनका संस्थापक सदगुरुले संस्कृतिको शुद्धता र मिठासले नेपाल एसियाको स्विट्जरल्याण्ड बन्न सक्ने बताएका छन् ।
काठमाडौं बत्तिसपुतलीस्थित द्वारिका होटलमा आयोजित एक कार्यक्रममा विभिन्न सञ्चार गृहका प्रतिनिधि तथा व्यवसायीलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।
राष्ट्र निर्माणका लागि सबै एकजुट हुनुपर्ने कुरा उल्लेख गर्दै सदगुरुले भने, ‘कुनै पनि मुलुक अविकसित हुनु भनेको एउटा अवसर हो ताकि हामी आफूले चाहेको जस्तो राष्ट्र बनाउन सकौँ ।’
उनले विषेश गरी युवा तथा व्यवसायीहरुलाई एकजुट भएर राष्ट्रको हितको लागि भिजन निर्माण गर्न र आगामी निर्वाचनअघि राष्ट्रको भविष्य तय गर्न नेताहरूसमक्ष सो भिजन प्रस्तुत गर्न आग्रह गरे।
Leave a Reply