Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अवैधरुपमा भित्र्याइएका २२ बोरा चिनी बरामद

    अवैधरुपमा भित्र्याइएका २२ बोरा चिनी बरामद

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 864
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा प्रहरीले भन्सार छलेर ल्याइएको २२ बोरा चिनी बरामद गरेको छ ।

    जिल्लाको धनगढी उपमहानगरपालिका–९ बाङग्राकटानबाट बुधबार राति ९ बजे २२ बोरा चिनी र ३ पेटी चक्लेट बरामद गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसाम उक्त सामान सोही ठाउँ बस्ने ४९ वर्षीय भानबहादुर ठकुल्लाले सु.प.प्र.०१–००१स ४९३१ नम्बरको अटोमा ल्याइरहेको अवस्थामा फेला पारी बरामद गरिएको हो ।



    उक्त अटो, अटो चालक र बरामद भएको सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार