एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग सम्बन्ध खारेज गर्ने घोषणा गरे लगत्तै जर्मनीले त्यसकाे आलोचना गरेको छ।
शनिबार जर्मनीले उक्त निर्णयको आलोचना गर्दै त्यहाँका स्वास्थ्य मन्त्री जेन्स स्पाह्नले ट्रम्पको यस्तकाे कदमबाट’निराशाजनक’ भएको बताए।
उनले ट्वीटमार्फत् ट्रम्पको निर्णयले विश्वकै स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पार्ने समेत उल्लेख गरे। विश्व स्वास्थ्य संगठनले आवश्यक सुधारसहित काम गर्नु पर्ने र त्यसका लागि युरोपियन युनियनले आर्थिक सहयोग पुर्याउन सक्ने जनाएका छन्।
डब्ल्युएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने ट्म्पले घोषणा गरेको सिएनएनले जनाएकाे छ।
Leave a Reply