Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • सरकारी कार्यालयमा स्वदेशी उत्पादन उपभोग अनिवार्य गरौं : महामन्त्री थापा

    सरकारी कार्यालयमा स्वदेशी उत्पादन उपभोग अनिवार्य गरौं : महामन्त्री थापा

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोगका सीमा अनिवार्य तोक्नु पर्ने बताएका छन् ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा पत्र प्रस्तुति कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।



    थापाले भने, ‘देशमा सर्वसुलभ रुपमा उपलब्ध हुने वस्तु मात्रै हामीले प्रयोगमा ल्यायौं भने हाम्रा ती उत्पादन मुलक उद्योगको क्षमता बढ्छ ।’



    स्वदेशी उद्योग जोगाउन र स्वदेशी उत्पादन स्वदेशमै खपत हुने अवस्था सृजना गर्न सरकारी कार्यालयमा उपभोग हुने कुल वस्तुको ६० देखि ७० प्रतिशत स्वदेशी नै हुनुपर्ने सीमा तोकिनु पर्ने थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार