Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • पूर्णिका शाह लेख्छिन् -अपराधको जन्म मानसिकताबाट हुन्छ, जात र धर्म जोड्न हुँदैन

    पूर्णिका शाह लेख्छिन् -अपराधको जन्म मानसिकताबाट हुन्छ, जात र धर्म जोड्न हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 9.1K
    SHARES

    काठमाडौं । पूर्व युवराज पारस शाह परिवारबाट टाढिएर अहिले व्यक्तिगत जीवन बिताइरहेका छन् । छोरी पूर्णिका शाह भने सामाजिक सन्जालमा बेला -बेलामा सन्देशमुलक र मन छुने राम्रा पोस्ट गरेर चर्चा कमाउँदै आएकी छन्।

    अहिले जाजरकोटका नवराज विक मल्ल थरकी प्रेमिका लिन गाउँका १९ जना युवा लिएर रुकुम पश्चिम चौरजहारी–८ सोती पुग्दा उनीसहित पाँच जनाको हत्या भएको समाचारपछि उनीहरुले न्याय पाउनु पर्ने कुरा चारैतिरबाट उठिरहेको छ। जुन कुरालाई इंगित गर्दै पूर्णिका शाहले जात र धर्म सम्बन्धी अन्तिम पोस्ट भन्दै यस्तो लेखेकी छन् ।



    एउटा व्यक्ति वा समुहको अपराधि सोचमा पुरा समाज र सम्प्रदायलाई नजोडौ
    अपराधको जन्म मानिसको मानसिकताबाट हुन्छ, यसमा जात र धर्म जोड्न हुदैन



    सबै हिन्दुले बसुधैव कुटुम्बकम लाई बुझेर संसार नै मेरो बन्धु हरु हुन् भन्ने बुझौ
    कसैलाई पनि जात , धर्म , लिंग्ग , पद , वर्ग को आधारमा विभेद नगरौं

    जहाँ जहाँ विभेद हुन्छ त्यहाँ अर्कोलाई गालि र द्वन्द हैन
    अब कानुनि उपाय खोजौं विभेद गर्ने विरुद्ध मुद्दा गरौँ , कारवाही गरौँ

    विभेद गर्नेलाई सामाजिक बहिस्कार गरौँ

    आफ्नो जात लेख्न नडराऔ
    आफुलाई जनजाति , आदिवाशी , दलीत हैन

    आफ्नो पुरा नामले चिनाउने हिम्मत गरौँ
    के गल्ति छ जातमा र जात लेख्न डराउनु ?

    यहि आशयको अघिल्ला पोस्टहरु राख्दा
    र यहि कुरा समाजलाई सिकाउन खोज्दा

    यदि कसैको भावनामा चोट पुग्छ वा गलत बुझ्नुहुन्छ भने
    त्यसमा क्षमा तर वास्तवीक सत्य र हामीले अब गर्नुपर्ने यहि नै हो।

    अन्यथा भोलि हाम्रो समाजमा
    जातीय द्वन्दले भयानक स्थिति आउनेछ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार