Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सचिवालय बैठकमा अर्थमन्त्रीसँग बामदेबको आक्रोश

    सचिवालय बैठकमा अर्थमन्त्रीसँग बामदेबको आक्रोश

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडामाथि पार्टीका उपाध्यक्ष बामदेव गौतम आक्रोश ब्यक्त गरेका छन्।

    बैठकमा उपाध्यक्ष बामदेवसहित अधिकांश नेताहरुले आर्थिक वर्ष २०७७–७८ को बजेटमा एमसीसी घुसाइएको भन्दै असन्तुष्टि जनाएपछि अर्थमन्त्री खतिवडाले



    प्रष्टिकरण दिए। उनले भने,’पहिलेदेखि नै चर्चामा आएको विषय भएकाले बजेटमा सो कुरा राखिएको हाे।’



    यस विषयलाई अन्यथा लिन नहुने भन्दै उनले एमसीसीको विषय नीति तथा कार्यक्रममा पनि रहेको र संसदबाट पारित हुने क्रममा रहेको भन्दै बजेटमा राखिएको हाे।

    अर्थमन्त्रीको यस्तो बताएलगत्तै उपाध्यक्ष गौतम उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले बजेट कानुन पनि भएको भन्दै मनपरी निर्णय गरेर अर्थमन्त्रीले पार्टीलाई नै अपमान गरेको आरोप लगाए ।

    बैठकमा आमन्त्रित भीम रावलले पनि एमसीसीका कतिपय बुँदाहरु राष्ट्रिय हितअनुरुप नभएको भन्दै यही अवस्थामा बजेटमा घुसाइनु गम्भीर गल्ती भएको बताएका थिए ।

    बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले बजेटमा एमसीसी घुसाइएपनि असन्तुष्टि जनाएका थिए । तर इश्वर पोखरेल मौन बसेका थिए ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार