Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अर्थमन्त्री खतिवडाले पुनः लिए पद तथा गोपनीयताको शपथ

    अर्थमन्त्री खतिवडाले पुनः लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडाैं । पुन: अर्थमन्त्री डा युवराज खतिवडा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधवार डा खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथग्रहरण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।

    मिर्गौला प्रत्यारोपणका लागि अपरेसन थिएटर जानुअघि प्रधानमन्त्री ओलीले बुधबार खतिवडालाई अर्थमन्त्रीमा सिफारिश गरेका थिए । उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गर्नुभएको राष्ट्पति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको थियाे।



    ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४ फागुन ०३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिशमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको थियाे ।



    राष्ट्रियसभाका सांसद खतिवडाले आफ्नो दुई वर्षे कार्यकाल सकिएलगत्तै मंगलबार अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए । राष्ट्रपतिबाट मंगलबार नै राजीनामा स्वीकृत भएका खतिवडालाई प्रधानमन्त्रीले बुधबार नै फेरि अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पेका हुन् । सांसद नरहेका व्यक्ति पनि ६ महिनासम्म मन्त्री रहन सक्ने संवैधानिक व्यवस्थालाई टेक्दै राष्ट्रपतिले खतिवडालाई फेरि मन्त्रीमा नियुक्त गरेकी हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार