Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • निजी क्षेत्रसँग पीपीपी मोडलमा विकास कार्यक्रम अघि बढाउन सरकार तयार छ : प्रधानमन्त्री देउवा

    निजी क्षेत्रसँग पीपीपी मोडलमा विकास कार्यक्रम अघि बढाउन सरकार तयार छ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 753
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासको लक्ष्य भेट्टाउन ९० बिलियन डलर लगानी चाहिने बताएका छन् । नेपाल लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त लगानी आवश्यक पर्ने बताएका हुन् ।

    प्रधानमन्त्री देउवाले भने– ‘सन् २०४५ सम्म जेरो कार्बन उत्सर्जनको लक्ष्य राखिएको छ । यो दिगो विकासको लक्ष्य समेत हो । यसका लागि नेपालमा ठूलो लगानी चाहिन्छ । त्यो लगभग ९० बिलियन अमेरिकी डलर हो ।’



    उक्त लगानी हुन सकेमा सन् २०४५ सम्म भेट्ने लक्ष्य राखिएको जेरो कार्बन उत्सर्जनसहितको दिगो विकास लक्ष्य भेटिने देउवाले बताए ।



    ‘नेपालमा पूर्वाधारमा लगानी आवश्यक छ । पूर्वाधारमा लगानी विना रोजगारी सृजना हुन सक्दैन,’ देउवाले भने, ‘यसका लागि स्वदेशी र विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्नुपर्छ ।’

    निजी क्षेत्रका लगानीकर्ताहरूसँग पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा विकासका कार्यक्रम अघि बढाउन सरकार तयार रहेको देउवाको भनाइ छ ।

    नेपालमा रहेको सिमित स्रोत साधनले उक्त लक्ष्य नभेट्ने भएकाले विदेशी लगानी समेत आवश्यक रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार