काठमाडौँ । रसियास्थित नेपाली दूतावासले विद्यार्थीलाई रसियाबाट सजिलो युरोप छिर्न पाइने प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।
रुस आउदा विद्यार्थी भिसाबाहेक अन्य कुनै आश्वासन तथा प्रलोभनमा नपर्न विद्यार्थी र अभिभावकलाई दूतावासले अनुरोध गरेको हो ।
दूतावासका अनुसार पछिल्लो समय नेपाली विद्यार्थीहरू युरोप छिर्न पाइने आशामा रसियाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न आउनेको संख्या बढ्दै गएको छ ।
‘रसियामा आकर्षक रोजगारीको अवसर रहेको र रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’ भन्दै विद्यार्थीहरूसँग नेपालस्थित विभिन्न कन्सल्टेन्सीले ठूलो रकम लिने गरेको दूतावासले बताएको छ ।
रुसमा छात्रवृत्ति एवं अध्ययनका लागि मात्र आउनेका लागि प्रशस्तै अवसर रहेको दूतावासले प्रस्ट पारेको छ । भाषिक ज्ञानको अभाव, वस्तुस्थिति नबुझी र विभिन्न प्रलोभनमा परी आउनेले सास्ती खेप्नु परिरहेको दूतावासको भनाइ छ ।
Leave a Reply