काठमाडौं । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान पुनः काठमाडौं फर्किएको छ । १ सय ८४ यात्रु बोकेर उडेको विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौं फर्किएको हो ।
मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको बताइएको छ ।
कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएका थिए । उक्त समस्या देखिँदा जहाज नेपालकै आकासभित्र रहेको बताइएको छ ।
चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो ।
Leave a Reply