Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • परराष्ट्र सचिव पौडेल र भारतीय समकक्षी क्वात्राबीच दिल्लीमा भेटवार्ता

    परराष्ट्र सचिव पौडेल र भारतीय समकक्षी क्वात्राबीच दिल्लीमा भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । दिल्ली भ्रमणमा रहेका नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच भेट भएको छ ।

    तीन दिने भ्रमणका लागि दिल्ली पुगेका परराष्ट्र सचिव पौडेलले भारतीय समकक्षी क्वात्रासँग मंगलबार भेट गरेका हुन् ।



    उक्त भेटवार्तामा दुई समकक्षीबीच द्विपक्षीय हितका विषयमा छलफल भएको र राजनीतिक नेतृत्वले तय गरेको भिजन बमोजिम नेपाल-भारतको सम्बन्धलाई सकारात्मक गतिमा अघि बढाउने विषयमा समझदारी बनेको सचिव क्वात्राको सचिवालयले उल्लेख गरेको छ ।



    परराष्ट्र सचिव पौडेल बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार