Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • प्रधानमन्त्री देउवाको प्रतिवद्धता – नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि गर्न दिँदैनौ

    प्रधानमन्त्री देउवाको प्रतिवद्धता – नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि गर्न दिँदैनौ

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 978
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताएका छन् ।

    जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चान्सुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको थियो ।



    भेटका क्रममा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए ।



    प्रधानमन्त्री देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाए । उनले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरे ।

    सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसका अध्यक्ष चान्सुले दुई देशबीच ६ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रूपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार