काठमाडौं – उत्तर कोरियाले अमेरिका आफ्नो मुलुकको छवि बिगार्न उद्यत भएको आरोप लगाएको छ । उत्तर कोरियाले साइबर हमला गरेको अमेरिकाले आरोप लगाएलगत्तै उत्तर कोरियाले यस्तो जवाफ दिएको हो ।
उत्तर कोरियाको विदेश मन्त्रालयले शुक्रबार बिज्ञप्ति जारी गर्दै अमेरिकाले भन्दै आएको ‘कथित’ साइबर खतरासँग आफ्नो मुलुकको कुनै सम्बन्ध नरहेको जनाएको हो ।
जारी गरेको बिज्ञप्तिमा भनिएको छ,‘आणविक क्षेप्यास्त्र, मानव अधिकार, आतंकवादीलाई सहयोगजस्ता मुद्दा उठाएर अमेरिकाले हाम्रो मुलुकको छवि बिगार्न खोजिरहेको छ।’
Leave a Reply