काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली ली चान्सुले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेका छन्।
मंगलबार संसद भवनमा ली नेतृत्वको संसदीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता गरेको हो।
यसअघि ली नेतृत्वको प्रतिनिधि मण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ;प्रचण्ड’,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको टोलीसँग भेटवार्ता गरिसकेको छ।
Leave a Reply