काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सुरु भएको छ ।
समितिले मंगलवार चोलेन्द्रसँग अन्तिम दिनको बयान थालेको हो ।
४३ मध्ये ८ वटा मात्र प्रश्न बाँकी रहेकोले आज बयान सकिने समितिले जनाएको छ ।
चोलेन्द्रको बयान अघि समितिको बैठक बसेको थियो । समितिमा चालेन्द्रले बयानका क्रममा मुछेका व्यक्तिहरूसँग पनि बयान लिने विषयमा छलफल भएको थियो ।
बयानका क्रममा चोलेन्द्रले राजनीतिक दलका नेता, सर्वोच्चका न्यायाधीश, पूर्वन्यायाधीश, वकिलसमेतको नाम लिएका थिए ।
Leave a Reply