पोखरा । सरकारले समयमा बजेट निकासा नदिएपछि खेलाडीलाई खेल सामग्री किन्न पोखरामा चन्दा संकलन सुरु भएको छ ।
सरकारसँग पटक पटक पैसा माग्दा अहिलेसम्म निकासा दिएको छैन ।
खेलको मिति नजिकै आइसकेको छ । त्यसका लागि असोज १ गतेबाट प्रदेश स्तरीय खेलाडीको बन्द र विशेष प्रशिक्षण हुँदै छ ।
तर त्यसका लागि खेल सामग्री अहिलेसम्म खरिद नभएपछि कास्की जिल्ला फेन्सिङ एसोसिएसनले चन्दा संकलन सुरु गरेको हो ।
प्रदेशका खेलाडीलाई प्रशिक्षणमा राख्ने बेलासम्म पनि खेल सामग्री खरिदको टुङ्गो नलागेको अध्यक्ष विजय शाहीको गुनासो छ ।
सङ्कलित रकमको हिसाब पारदर्शी हुने र प्रदेशको इज्जतका लागि सहयोग गरिदिन उनको आग्रह छ ।
Leave a Reply