काठमाडौं । महाअभियोग सिफारिस समिति आन्तरिक छलफलमा जुटेको छ ।
निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आजै सकिने भएपछि महाअभियोगबारे समिति आन्तरिक छलफलमा जुटेको हो ।
जबराको बयानका लागि समितिले ४३ प्रश्न तयार गरेकोमा ८ वटा प्रश्नमात्रै बाँकी रहेका छन् ।
बाँकी प्रश्नसँग प्रतिप्रश्न पनि आजै सक्ने तयारी समितिको छ ।
बयानको काम सकिने भएकोले प्रतिवेदनको तयारी गर्न अहिले समितिको बैठक बसिरहेको हो । दिउँसो १ बजेसम्म समितिले आन्तरिक छलफल गर्ने छ ।
Leave a Reply