काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरेको हो । बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो ।
बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
आवेदन बैंकको वेभसाइटमा गएर भर्न सकिने बैंकले जनाएको छ ।
Leave a Reply