Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

    साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

    दशरथ रंगशालामा सोमबार साँझ भएको समूह चरणको अन्तिम तथा दोस्रो खेलमा पाहुना टोली श्रीलंकालाई ६–० गोलले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।



    नेपालका लागि रश्मीकुमारी घिसिङले खेलको नवौँ मिनेटमा पहिलो गोल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।



    यस्तै खेलको १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गोल गरिन् । यस्तै अनिशा कार्कीले खेलको ७६ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् ।

    यो जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा भुटानलाई चार–शून्यले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार