काठमाडौं । साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्कालाई चार–शून्यको अग्रता लिएको छ ।
दशरथ रङ्गशालामा भइरहेको खेलमा नेपालले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेको थियो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो गोल गरिन् ।
यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । यस्तै खेलको १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गोल गरिन् ।
यो खेलमा नेपालले जित वा बराबरीको नतिजा निकाले पनि समूह विजेता बन्नेछ ।
Leave a Reply