काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच भेटवार्ता भएको छ । उनीहरूबीच जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो ।
अमेरिकी राजदूत बेरीले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा उक्त भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।
भेटमा शर्माले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना व्यक्त गरे ।
नेपाली सेनाले यस प्रकारको भेटबाट दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
Leave a Reply