Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • दलहरूको अडान सुक्ष्म ढंगले विश्लेषण गरिरहेका छौं : ज्ञानेन्द्र कार्की

    दलहरूको अडान सुक्ष्म ढंगले विश्लेषण गरिरहेका छौं : ज्ञानेन्द्र कार्की

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 801
    SHARES

    काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा सिट बाँडफाँटमा सबै दल लचिलो हुनुको विकल्प नभएको बताएका छन् ।

    बालुवाटारमा सोमबार बिहानदेखि जारी गठबन्धनको बैठकका बीचमा कार्कीले छलफल सकारात्मक भएको बताएका हुन् ।



    दोहोरो तेहेरो दाबी भएका निर्वाचन क्षेत्रमा गठबन्धनबाट एउटा उम्मेदवार बनाउने गरी दुई पक्षीय, त्रिपक्षीय र सामूहिक छलफल भइरहेको कार्कीले बताए ।



    कार्कीले भने, ‘सबैले लचिलो हुनुको विकल्प छैन । दलहरूको अडान छ सुक्ष्म ढंगले विश्लेषण गरिरहेका छौं ।’

    बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार